Like us!
Follow us!
Connect us!
Watch us!

सोलार फार्म लिमिटेडले डाक्यो साधारणसभा, आइपिओ जारी गर्ने तयारी

अर्थ संसार

मंगलबार, २६ मंसिर २०८०, ११ : २५ मा प्रकाशित

सोलार फार्म लिमिटेडले डाक्यो साधारणसभा, आइपिओ जारी गर्ने तयारी

सोलार फार्म लिमिटेडले कम्पनीको पाँचौ वार्षिक साधारणसभा डाकेको छ ।

मङ्सिर १३ गते बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते पोखराको लेकसाइडस्थित होटेल मालामा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

कम्पनीले आइपिओ निष्कासन गर्ने, लाभांश वितरण गर्ने, मर्जर तथा एक्विजिसन लगायतका विषय पनि छलफलको सामान्य प्रस्तावमा राखेको छ । कम्पनीले गोरखाको पालुङटारमा ६ मेगावाटको सोलार फार्म निर्माणको तयारी गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको