Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन हाइड्रोले डाक्यो साधारणसभा, लाभांश नदिइ हकप्रद जारी गर्ने

अर्थ संसार

सोमबार, ०२ पुस २०८०, ११ : ४९ मा प्रकाशित

माउन्टेन हाइड्रोले डाक्यो साधारणसभा, लाभांश नदिइ हकप्रद जारी गर्ने

माउन्टेन हाइड्रो नेपाल लिमिटेडले कम्पनीको आठौं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले लगानीकर्तालाई भने कुनै लाभांशको व्यवस्था गरेको छैन ।

पुस १ गते बसेको सञ्चालक समितिको बैठकले पुस २३ गते काठमाडौंको कालीमाटी स्थित कालीमाटी ब्याङ्क्युटमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस १३ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस १२ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

कम्पनीले साधारणसभामा शतप्रतिशत हकप्रद सेयर निष्कासनको एजेन्डा निर्णयार्थ पेश गर्ने पनि जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको