बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले कम्पनीको बीसौं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले लगानीकर्तालाई भने कुनै लाभांशको व्यवस्था गरेको छैन ।
पुस २ गते बसेको सञ्चालक समितिको बैठकले पुस २५ गते काठमाडौंको चण्डोल स्थित कुण्डलिनी दरबार ब्याङ्क्वेटमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस १३ गते एकदिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस १२ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।
कम्पनीले साधारणसभामा मर्जर वा एक्विजिसन सम्बन्धि विशेष प्रस्ताव पेश गर्ने पनि जनाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस