लिवर्टी इनर्जी कम्पनीले कम्पनीको चौधौं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले आव २०७९/८० सम्मको मुनाफाबाट कुनै पनि लाभांश नदिने भएको छ ।
बैंकको पुस ३ गते मङ्गलबार बसेको सञ्चालक समितिको बैठकले पुस २५ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस १३ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस १२ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस