Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले?

अर्थ संसार

विहीबार, ०५ पुस २०८०, ०८ : २९ मा प्रकाशित

साना किसान लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले?

साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकलेले पुस २९ गते कृषि विकास बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा सो सभा बिहान ११ बजे आफ्नो २२ औं वार्षिक साधारण सभा बोलाएको हो। 

सभाले हाल कायम चुक्ता पूँजीको १४ दशमलव २५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न तथा अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

त्यस बाहेक सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

कम्पनीले साधारण सभा प्रयोजन तथा लाभांश प्रयोजनका लागि पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको