Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न सपोर्ट लघुवित्त वित्तीय संस्थाले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थ संसार

शुक्रबार, ०६ पुस २०८०, ०९ : १० मा प्रकाशित

लाभांश पारित गर्न सपोर्ट लघुवित्त वित्तीय संस्थाले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट सेयरधनीहरुलाई बोनस सेयर पारित गर्ने भन्दै साधारण सभा बोलाएको छ। 

लघुवित्त कम्पनीले पुस २७ गते, शुक्रबार, दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा बिहान साढे ९ बजे आफ्नो नवौँ वार्षिक साधारण सभा आवहान गरेको हो। 

सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

तेस्तै साधारण सभामा अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, चुक्ता पूँजी वृद्धि गर्ने, संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि रहेका छन्। 

कम्पनीले साधारण सभा प्रयोजनार्थ भन्दै पुस १६ गते एक दिनका लागि बुकक्लोज तय गरेको छ । अर्थात पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका कम्पनीका सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभाश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको