Like us!
Follow us!
Connect us!
Watch us!

आइसिएफसि फाइनान्सले डाक्यो साधारणसभा, ६.५ प्रतिशत लाभांशको प्रस्ताव

अर्थ संसार

शुक्रबार, ०६ पुस २०८०, ११ : १९ मा प्रकाशित

आइसिएफसि फाइनान्सले डाक्यो साधारणसभा, ६.५ प्रतिशत लाभांशको प्रस्ताव

आइसिएफसि फाइनान्सले कम्पनीको २० औं वार्षिक साधारणसभा डाकेको छ ।

कम्पनीको पुस ५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी कम्पनीले हालको चुक्ता पुँजीको ६.५ प्रतिशतले हुन आउने ७ करोड ६९ लाख २५ हजार छ सय १२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारणसभामा पेश गरी स्वीकृत गर्ने जनाएको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस १३ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस १२ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको