Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सवका अवसरमा क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट

अर्थ संसार

शुक्रबार, १३ पुस २०८०, २० : ५५ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सवका अवसरमा क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङमार्फत गरिने कारोबारहरूमा १७ प्रतिशतसम्म छुट तथा १,००० रूपैयाँसम्म क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

बैंकले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरूलाई यही पौष १६ गतेदेखि माघ १७ गतेसम्मका लागि बैंकको भिषा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट योजना अवधिभर पीओएस मेसिनमार्फत गरिने १० वटाभन्दा बढी कारोबारमा २०,००० रूपैयाँभन्दा माथिको कारोबार रकममा १,००० रूपैयाँको क्यासब्याक उपलब्ध गराउने छ ।

यसका साथै वार्षिकोत्सवकै अवसरमा आफ्ना ग्राहकहरूलाई थप छुट प्रदान गर्ने उद्देश्यका साथ बैंकका नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकहरूले एसएमएसमा प्राप्त प्रोमो कोड प्रयोग गरी पहिलो पटकको क्यूआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम १७० रूपैयाँसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । यो क्यासब्याक योजना पौष १७ गते देखि २३ गतेसम्म लागू हुनेछ ।

ग्लोबल आइएमई बैंकको ७७ वटै जिल्लामा ३५५ शाखा, ३७९ एटीएम, २७४ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित ११०० भन्दा बढी सेवा केन्द्र रहेको छ । बैंकमा करिब ४ हजार कर्मचारीहरू कार्यरत छन् । बैंकले करिब ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको