Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेद्वारा कान्तिपुर पब्लिकेशनविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर

अर्थ संसार

मंगलबार, १७ पुस २०८०, १४ : ४० मा प्रकाशित

रवि लामिछानेद्वारा कान्तिपुर पब्लिकेशनविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस मार्फत जानकारी दिँदै उनले भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचार शुरु गरेको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, "एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन । हारजीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ । म आरोप लाग्नै नहुने मान्छे होइन । तर म समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन । मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन । मेरो नाम राखिए/देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु । म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु । सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन । यो मेरो वचन भो । मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको