Like us!
Follow us!
Connect us!
Watch us!

को बन्ला अब धितोपत्र बोर्डको नयाँ अध्यक्ष ?

अर्थ संसार

आइतबार, २२ पुस २०८०, ०८ : ५९ मा प्रकाशित

को बन्ला अब धितोपत्र बोर्डको नयाँ अध्यक्ष ?

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल आफ्नो २१ महिने कार्यकाल पुस २० गते सकियो । तत्कालीन बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले सर्वोत्तम सिमेन्टको आइपीओ प्रकरणमा अक्तियार दुरुपयोग गरी छोरीको नाममा सेयर नामसारी गरेका कारण बर्खास्तीमा पर्दा बाँकी कार्यकालको लागि २०७८ साल फागुन ५ गते नेपाल धितोपत्र बोर्डको अध्यक्षको रुपमा कार्यभार समालेका थिए।  

हमालले आफ्नो कार्यकाल सकिए संगै अब बोर्डको खालि पदका नयाँ अध्यक्षको रस्साकस्सी सुरु भैसकेको छ ।

आकांक्षीहरु पनि अध्यक्ष बन्नका लागि राजनीतिक शक्ति केन्द्र र बिजनेश ग्रुपहरु रिझाउन सक्रिय बनिसकेका छन् । नेपाल धितोपत्र बोर्ड मै कार्यरत बोर्डकै कार्यकारीहरु डा. नबराज अधिकारी, कृष्ण पोखरेल र मुक्ति श्रेष्ठ पनि तिब्र लबिङ्गमा रहेको सेबोन स्रोतले जानकारी दियो। 

बोर्डका अध्यक्षका लागि नेपाल धितोपत्र बोर्ड कै पूर्व कार्यकारी अधिकृत निरज गिरीको नाम पनि चर्चामा छ। नेपाल राष्ट्र बैंकको संचालक चिन्तामणी शिवाकोटी र नेपाल राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नर शिबराज श्रेष्ठ पनि आफ्नो माफोल बनाउन प्रयासमा रहेको बुझिएको छ। 

नेप्सेका पूर्व सिईओ चन्द्रसिंह साउँदले पनि रमेश हमाल नदोहरिने हो भने आफु अध्यक्षको लागि आवेदन दिन बताइसकेका छन्। उता भखरै बिदा भएका नेपाल धितोपत्र बोर्डले अध्यक्ष रमेश हमाल पनि अझ एक कार्यकाल दोहिरिन राजनितिक लबिङ्गमा रहेका छन्। 

यी बाहेक तत्कालिन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ पनि सेबोनको अध्यक्ष भन्ने रणनीतिमा छन्। 

बोर्डमा यस अघि राजनीतिक नियुक्ति हुने गरेको छ।  यो पनि पाली त्यहिँ हुने सम्भावना अधिक रहेको छ । जुन पार्टी सत्तामा छ सोही पार्टीको नीतिहरु सेयर बजारमा कार्यान्वयनका लागि पार्टीले आफू निकटकालाई चार वर्षको लागि बोर्डमा नियुक्त गर्ने गरेको इतिहास छ। हाल गठबन्धन सरकार रहेको अवस्थमा कि नेपाली कांग्रेस कि माओवादी नजिकका अध्यक्ष नियुक्ति हुने विश्लेषकको बुझाई छ। 

नयाँ स्टक एक्सचेञ्जका कारण पनि यो पालिका अध्यक्षका लागि पार्टी मात्र होइन आवेदन दिएका बिजनेश समुहहरु आफु अनुकुल अध्यक्ष नियुक्त गराउन दौडधुप गरिरहेका छन् । 

नयाँ स्टक एक्सचेन्जका लागि तीन आवेदन  परेको छ।  जस मध्य हिमालयन स्टक एक्सचेन्जले व्यवसायिक घराना शंकर समूहको लगानी रहेको छ । शंकर ग्रुपका शंकरलाल अग्रवालसँगै नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, महासंघका पूर्वअध्यक्षहरु पशुपति मुरारका, भवानी राणाका साथै खेतान ग्रुपका राजेन्द्र खेतान, लक्की ग्रुपका सतिशलाल मोर, दुगड ग्रुपका विवेक दुगड, ज्योती समूहका शौरभ ज्योती लगायतका ठूला व्यापारी र व्यावसायिक घराना सगै रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ र दीपक भट्टको पनि यहाँ लगानी रहेको छ ।

प्रतिस्पर्धामा नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको पनि  नयाँ स्टक एक्सचेन्जको लागि आवेदन परेको थियो ।गैरआवासीय नेपाली तथा नेपालका केही व्यवसायिक घरानाको लगानीमा ‘नेशनल स्टक एक्सचेन्ज' दर्ता भएको थियो । दीपक तिमिल्सिनाको नेतृत्वमा दर्ता भएको उक्त कम्पनीमा एनआरएनहरुको लगानी रहेको छ । एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जिवा लामिछाने तथा हालका अध्यक्ष कूल आचार्य, बद्री केसी लगायतको लगानी छ । यस्तै नेशनल स्टक एक्सचेन्जमा केडिया समूहको पनि लगानी छ । मनोज केडिया, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ लगायत व्यवसायिक घरानाको समेत लगानी छ । 

त्यसैगरी, अन्नपूर्ण स्टक एक्सचेन्जमा गणेश कुमार श्रेष्ठ, सुरेन्द्र राज वाग्ले, मुक्ति बोध न्यौपाने, अनिल सापकोटा, प्रकाश कुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेति लगायतको लगानी रहेको छ ।
 
लगानीकर्ताहरुले भने सेयरबजार सम्बन्धी विज्ञलाई नै बोर्डको अध्यक्ष बनाउन पर्ने बताउँछन। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको