Like us!
Follow us!
Connect us!
Watch us!

सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया फेरि रोकियो

अर्थ संसार

शुक्रबार, १८ असोज २०८१, १२ : १९ मा प्रकाशित

सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया फेरि रोकियो

नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रिया फेरि रोकिएको छ। स्रोतका अनुसार संयोजक नै उपस्थित नभएपछि प्रकिया रोकिएको हो। 

समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी बिरामी परेर उपस्थित हुन नसकेको अर्थ मन्त्रालय स्रोत बताउँछ। 

यो संगै अनिश्चितकालका लागि स्थगित भएको छ ।

अध्यक्षका लागि आवेदन दिएकामध्ये तीन जनाको अन्तर्वार्ता आज शुक्रबार बोलाइएको थियो। 

बोर्ड अध्यक्ष सिफारिस समितिले गत साता मात्र सार्वजनिक सूचना जारी गरेर कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ता लिने जनाएको थियो।

यस अगाडी अनुपस्थित तीनै जना आज भने अर्थ मन्त्रालय पुगेका थिए। तर अन्तर्वार्ता नहुने भनेपछि तीनैजना फर्किसकेका छन्। 

धितोपत्र बोर्डमा ब्यापक बेथिति, तीन बर्षदेखिको सार्वजनिक निष्काशन थाती, अध्यक्ष आफै निराश

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन मिल्ने राय महान्यायाधिवक्ताको कार्यालयले दिएपछि प्रक्रिया अगाडि बढाइएको थियो ।  गत पुस २० मा धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि नयाँ अध्यक्ष नियुक्त भएको छैन।

अध्यक्ष सिफारिसका लागि अघिल्लो सरकारले राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिले जारी गरेको सूचनाअनुसार १९ जनाले आवेदन दिएका थिए।

तीमध्ये नवराज अधिकारी, कृष्णबहादुर कार्की, सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र चिरञ्जीवी चापागाईं गरी ५ जनालाई कार्यपत्र मूल्यांकन तथा अन्तर्वार्ताका लागि छनोट गरेको थियो । तर, अन्तर्वार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठबाहेक तीन जना उपस्थित भएनन् । 

अन्तर्वार्तामा २ जना मात्र उपस्थित भएपछि सरकार समस्यामा परेको थियो।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ५ अर्ब खाने भयो भनेर अफवाह फैल्याइयो: प्रधानमन्त्री

सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया अगाडी बढेपछि फेरि ५ अर्ब भ्रष्टाचारको चर्चा, प्रधानमन्त्री फर्किएपछि के होला ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको