Like us!
Follow us!
Connect us!
Watch us!

कुलमान हाईहाई भन्दै प्रदर्शनमा उत्रिए मजदुर

अर्थ संसार

आइतबार, २२ पुस २०८०, १४ : १० मा प्रकाशित

कुलमान हाईहाई भन्दै प्रदर्शनमा उत्रिए मजदुर

नेपाल विद्युत प्राधिकरणले लाइन काटेका भैरहवाका उद्योगका मजदुरहरु प्रदर्शनमा उत्रिएका छन् ।

डेडिकेटेड तथा ट्रंक लाइन महसल नतिरेको भन्दै प्राधिकरणले बिजुलीको लाइन काटिदिएपछि उद्योगका प्रतिनिधि र मजदुरहरु आन्दोलित भएका हुन् । उनीहरुले आइतबार बिहान नेपाल विद्युत प्राधिकरणको कार्यालय अगाडि जम्मा भएर धर्ना दिएका थिए । कार्यालय अघि ४० बढी उद्योगका प्रतिनिधिहरु जम्मा भएर दुई घण्टा धर्ना दिइएको जनाइएको छ ।

प्राधिकरणले महसुल बिल पठाएका २३ र प्रदर्शनमा एक्यवद्धता जनाउँदै थप १७ उद्योगका प्रतिनिधि धर्नामा सहभागी भएको जनाइएको छ । प्रदर्शनमा सहभागीहरुले "कुलमान हाईहाई, उद्योग बाईबाई", "चार वर्ष पछि झुटो बिल पठाउने, उद्योगीलाई सताउने", "कुलमान, कानुन मान" लगायतका प्लेकार्ड बोकेका थिए ।

659a634465196.jpg 659a63446b619.jpg 659a634491950.jpg 659a6344980a4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको