Like us!
Follow us!
Connect us!
Watch us!

के निम्तिदैछ विश्वव्यापी कर्जा संकट ?

अर्थ संसार

आइतबार, २२ पुस २०८०, १५ : ५५ मा प्रकाशित

के निम्तिदैछ विश्वव्यापी कर्जा संकट ?

विश्वभर कति ऋण छ होला त ? पछिल्लो तथ्यांक अनुसार यदि विश्वभरको ऋण सबैको भागमा बाँडिदिने हो भने प्रत्येक टाउकोमा ४० हजार डलर ऋण पर्नेछ ।

अर्थात विश्वभरको ऋण सन् २०३० को अन्त्यसम्म ३०७ ट्रीलियन डलर पुगेको छ जुन इतिहास कै उच्च हो । यो ऋण व्यक्तिगत, संस्थागत तथा देशहरुले लिएको ऋण सबैको कुल योगफल हो । यसरी अत्यधिक ऋण बढ्दा गरिब देशहरुले आफ्ना जनतालाई विकास र सुविधा दिन खर्च गर्नुभन्दा ऋणकै भुक्तानीमा धेरै खर्च गर्नु पर्ने भइसकेको छ ।

दक्षिण अफ्रिकाले गत वर्ष शिक्षा तथा स्वास्थ्यमा भन्दा बढी रकम ऋणको साँवा र ब्याज भुक्तानीमै खर्च गर्नुपरेको थियो । ऋण तिर्न नसकेर देश नै टाट पल्टने अवस्थामा पुगेका देशहरुको संख्या पनि पछिल्लो समय बढ्दै जान थालेको छ । यसरी ऋणको पासोमा परेका देश बढ्दै जाँदा विश्वनै कर्जा संकटमा जाने जोखिम रहन्छ ।

विश्व महाशक्ति राष्ट्र अमेरिकासमेत केही समयअघि थप ऋण नलिए डिफल्ट हुने अवस्थामा पुगेको थियो । सिनेटले ऋण लिने सीमा थपेपछि मात्र अमेरिका डिफल्ट हुनबाट बचेको थियो । पछिल्लो उच्च मूल्य वृद्धिदर कायम रहँदा उपभोक्तालाई मात्र नभई व्यापारीलाई समेत उच्च लागत लाग्दा ऋणको थप आवश्यकता परेको देखिन्छ । यसरी ऋण माथि ऋणको चक्र कायम हुँदै जाँदा कुनै पनि स्थानमा सानो डिफल्टले मात्रै भयावह अवस्था निम्त्याउने देखिन्छ ।

विश्वको प्राय स्रोतसाधन माथि सीमित वर्गको पहुँच, नागरिकदेखि राष्ट्र राष्ट्रबीच बढ्दो आर्थिक असन्तुलन, प्राकृतिक प्रकोप, युद्ध जस्ता घटनाले विश्वव्यापी कर्जा संकटलाई आउने दिनमा अझ बढावा दिने देखिन्छ । तसर्थ समतामूलक आर्थिक विश्व निर्माणमा ध्यान दिनैपर्ने आजको आवश्यकता देखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको