Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरणले लाइन काट्ने कम्पनीको सूचीमा हुलास स्टिल पनि थपियो

अर्थ संसार

सोमबार, २३ पुस २०८०, १६ : ५३ मा प्रकाशित

प्राधिकरणले लाइन काट्ने कम्पनीको सूचीमा हुलास स्टिल पनि थपियो

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत आपूर्ति लिएर महशुल नतिरेको भन्दै हुलास स्टिलको पनि लाइन काटिदिएको छ ।

प्राधिकरणले सोमबार बिहान बारा-पर्सा औद्योगिक करिडोरमा रहेको उक्त कम्पनीको विद्युत प्रसारण बन्द गरिदिएको हो । हुलास स्टिलले प्राधिकरणलाई सवा ४३ करोड महशुल तिर्न बाँकि रहेको जनाइएको छ । प्राधिकरणले ५ करोडभन्दा बढी बक्यौता रहेका २४ कम्पनीहरुको लाइन काटिसकेको छ ।

डेडिकेटेड तथा ट्रंक लाईनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरुको २०८० मंसीर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्व २४ करोड रुपैयाँ रहेको प्राधिकरणको भनाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको