Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो पेट्रोल र डिजेलको मूल्य

अर्थ संसार

सोमबार, ०१ माघ २०८०, २० : ४३ मा प्रकाशित

घट्यो पेट्रोल र डिजेलको मूल्य

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ दर सार्वजनिक गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएकाले समायोजन गरेको सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

नयाँ मूल्य आजै रातिदेखि लागू हुनेछ । अब पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६३.५०, दोस्रो वर्गमा १६५, र तेस्रो वर्गमा १६६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १५३.५०, दोस्रो वर्गमा १५५ र तेस्रो वर्गमा १५६ रुपैयाँ कायभ भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको