Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई क्यापिटलको सिइओमा मन्दिप लुँईटेल नियुक्त, को हुन लुँईटेल ?

अर्थ संसार

मंगलबार, ०२ माघ २०८०, १५ : १५ मा प्रकाशित

ग्लोबल आइएमई क्यापिटलको सिइओमा मन्दिप लुँईटेल नियुक्त, को हुन लुँईटेल ?

ग्लोबल आइएमई बैंक लिको मर्चेन्ट बैंकिङ्ग व्यवसाय गर्ने सहायक कम्पनी (मर्चेन्ट बैंकर) ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदमा मन्दिप लुँईटेललाई नियुक्त गरिएको छ । 

कम्पनीको सञ्चालक समितिले २०८० साल पौष २९ गते लुँईटेलसँग एक करार सम्झौता गर्दै माघ १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो । 

राजविराज, सप्तरी निवासी निज लुँइटेल यस अघि सानिमा क्यापिटलमा इन्भेष्टमेन्ट बैंकिङ्गको प्रमुखको रुपमा दोस्रो वरियतामा रही विगत साढे ६ वर्षदेखि कार्यरत थिए। भारतको पुनेबाट एमबिए गरेका लुँइटेलले काठमाण्डौं विश्वविद्यालयबाट ईन्जिनियरिङ्गमा स्नातकोत्तर तहको योग्यता पनि हासिल गरेका छन्। 

भारतको मुम्बईस्थित आइसिआइसि बैंकमा करिब डेढ वर्ष क्यापिटल मार्केट र स्ट्रक्चर्ड फाइनान्स ग्रुपमा म्यानेजर भई काम गरेका लुँइटेलले नेपालका पूँजी बजारको बारेमा विशेष दखल राख्ने गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको