Like us!
Follow us!
Connect us!
Watch us!

२३.५४ अर्बको ग्लोबल आइएमई बैंकको रिजर्भ २२ अर्ब माथि

अर्थ संसार

आइतबार, ०७ माघ २०८०, १० : १४ मा प्रकाशित

२३.५४ अर्बको ग्लोबल आइएमई बैंकको रिजर्भ २२ अर्ब माथि

ग्लोबल आइएमई बैंकले यस आर्थिक वर्ष २०८०/८१ को दोस्रो  त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको यस त्रैमासमा पनि अधिकांश  सूचकहरुमा गिरावट देखिएको छ।

सूचक 

खुद नाफा 

दोस्रो त्रैमास सम्म बैंकको खुद नाफा २६.६० प्रतिशतले घटेको छ । बैंकले यस आर्थिक वर्षको पहिलो ६ महिनामा २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ .। गत वर्ष यसै अवधिसम्म बैंकले २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

खुद ब्याज आम्दानी

बैंकको यस त्रैमास सम्म खुद ब्याज आम्दानी बढेको छ। यस त्रैमास सम्म बैंकले  ९ अर्ब २ करोड रुपैयाँ कमाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६ अर्ब ५४ करोड   खुद ब्याज आम्दानी गरेको थियो। यस सूचक  ३७.९९ प्रतिशतले बढेको देखिन्छ। 

सञ्चालन मुनाफा

बैंकले दोस्रो त्रैमास सम्म २ अर्ब ८४ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यहि अवधि सम्म बैंकको मुनाफा ३ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो। अहिले २५.०८ प्रतिशतले घटेको छ।

खराब कर्जा अनुपात (एनपील)
बैंकले  खराब कर्जा अनुपात (एनपील) झन् बिग्रेको छ ।  यस त्रैमास सम्म बैंकको खराब कर्जा ४.६८  प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा खराब कर्जा एनपीएल २.९२ प्रतिशत रहेको थियो।

इम्पेयरमेन्ट चार्ज
इम्पेयरमेन्ट चार्जका रुपमा  ४ अर्ब १३ करोड रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब १२ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो।

निक्षेप संकलन र कर्जा लगानी 

बैंकले ४ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ६४ अर्ब  रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकले ४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी
३६ अर्ब १२ करोड रुपैयाँ 

रिजर्भ
२२ अर्ब १ करोड रुपैयाँ (अघिल्लो वर्ष रिजर्भमा २० अर्ब ३ करोड करोड रहेको )

वितरणयोग्य मुनाफा
१ अर्ब ३७ करोड रुपैयाँले ऋणात्मक

प्रति सेयर आम्दानी (ईपीएस)
११.३१ रुपैयाँमा (अघिल्लो वर्ष ईपीएस  १८.०७ रुपैयाँ रहेको )

पीई रेसियो
 १८.१३ गुणा

प्रति सेयर नेटवर्थ
१५७.४० रुपैयाँ

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको