Like us!
Follow us!
Connect us!
Watch us!

आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा नगरिएको रवि लामिछानेको स्पष्टोक्ती

अर्थ संसार

सोमबार, ०८ माघ २०८०, १७ : १० मा प्रकाशित

आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा नगरिएको रवि लामिछानेको स्पष्टोक्ती

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक सञ्चारमाध्यमले आरोप लगाए झै आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा नगरिएको स्पष्टोक्ती दिएका छन् ।

सोमबार एक पत्रकार सम्मेलन गर्दै लामिछानेले यसबारे जानकारी दिएका हुन् । ग्लोबल आएमई बैंकले दिएको पत्र सार्वजनिक गर्दै उनले आफ्नो खातामा एक करोड ८० लाख नआएको बताएका हुन् । चेक मार्फत उक्त रकम भुक्तानी गर्न बैंकमा स्लिप काटिए पनि कुनै पनि रकम आफ्नो खातामा नआएको उनले बताएका हुन् । सेयर ट्रान्सफरको कागजात बनाउनका लागि मात्रै उक्त डिपोजिट स्लिप प्रयोग गरिएको हुनसक्ने उनले उल्लेख गरे ।

सहकारी ठगी प्रकरणमा फरार जिबि राईसँग सम्बन्धित ग्यालेक्सी टेलिभिजनमा संलग्न भएका लामिछानेले टेलिभिजन छाड्ने बेला उक्त रकम उनको खातामा जम्मा गरिएको भन्दै एक सञ्चारमाध्यमले समाचार प्रकाशित गरेको थियो । सोही समाचार बारे स्पष्ट गर्न लामिछानेले
वरिष्ठ अधिवक्ता सुशील पन्त, पूर्व बैंकर अनिल केशरी शाह, उपसभापति स्वर्णिम वाग्लेलगायतको उपस्थितिमा पत्रकार सम्मेलन गरिरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको