Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, सोमबार कतिमा खुल्छ कारोबार

अर्थ संसार

आइतबार, १४ माघ २०८०, १५ : १९ मा प्रकाशित

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, सोमबार कतिमा खुल्छ कारोबार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीको १६ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार अब कम्पनीको कारोबार प्रति सेयर ४९७.८४ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको अन्तिम कारोबार ५७७.५ रुपैयाँमा भएको थियो । कम्पनीले हालको चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । 

इन्स्योरेन्सले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ माघ १५ गते बुकक्लोज गर्दैछ तोकेको छ ।  यसर्थ आज माघ १४ गतेसम्म कारोबार भई कायम रहेका सेयरधनीहरुले इन्स्योरेन्सले मात्र कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको