Like us!
Follow us!
Connect us!
Watch us!

समस्या देखिएपछि टेस्लाले दुई लाख गाडी फिर्ता बोलाउँदै

अर्थ संसार

सोमबार, १५ माघ २०८०, १९ : ०३ मा प्रकाशित

समस्या देखिएपछि टेस्लाले दुई लाख गाडी फिर्ता बोलाउँदै

टेस्लाका तीन मोडेलका कारमा समस्या देखिएपछि टेस्लाले दुई लाख गाडीलाई फिर्ता बोलाएको छ ।

२०२३ मा बनेका एस, एक्स र वाई मोडेलका ती कारहरुको ब्याकअप क्यामेराले काम नगरेपछि टेस्लाले ती कारहरुलाई फिर्ता बोलाएको हो । रिभर्समा जाँदा क्यामेराले काम नगरेपछि दुर्घटनाको सम्भावना बढ्ने भन्दै ती कारहरुलाई कम्पनीले मर्मतका लागि बोलाएको हो । अनलाइन सफ्टवेयर अपडेटबाटै उक्त समस्या समाधान हुने पनि कम्पनीले उल्लेख गरेको छ ।

बिना चालक चल्ने क्षमता भएका ती कारहरुमा उक्त समस्याका कारण हालसम्म कुनै दुर्घटना भने नभएको पनि कम्पनीले जनाएको छ । पूर्ण सेल्फ ड्राइभिङ क्षमता भएको भनिए पनि उक्त कारहरुमा मानव चालक हरसमय तम्तयार बस्नु पर्ने गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको