Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्सको खराब प्रदर्शन कायमै ,खुद नाफा ५.१४ % ले घट्दा, एनपीएल बढेर ७.८७ पुग्यो

अर्थ संसार

शुक्रबार, १९ माघ २०८०, १० : १५ मा प्रकाशित

मेरो माइक्रोफाइनान्सको खराब प्रदर्शन कायमै ,खुद नाफा ५.१४ % ले घट्दा, एनपीएल बढेर ७.८७ पुग्यो

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

खुद नाफा 

दोस्रो त्रैमास सम्म लघुवित्तले ६ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।​ पहिलेको तुलनामा नाफा ५.१४ प्रतिशत कम हो। 

खुद ब्याज आम्दानी

यस ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी भने १.१६ प्रतिशतले बढेर ३९ करोड ६३ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३९ करोड १७ लाख रुपैयाँ थियो।

सञ्चालन मुनाफा

दोस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ३.१४ प्रतिशतले घटेको छ।  अहिले लघुवित्तको सञ्चालन मुनाफा ९ करोड १८ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ९ करोड ४८ लाख रुपैयाँ रहेको थियो। 

 खराब कर्जा अनुपात (एनपीएल)

यस समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) एक्दमै बढेको देखिन्छ। हाल खराब कर्जा अनुपात बढेर ७.८७ प्रतिशत पुगेको देखिन्छ । अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ४.९४ प्रतिशत रहेको थियो।

इम्पेयरमेन्ट चार्ज 

संस्थाले ५ करोड २ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ। अघिल्लो यही अवधिमा संस्थाले ४ करोड ५४ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो।

चुक्तापुँजी
१ अर्ब ३२ करोड रुपैयाँ

रिजर्भ
५२ करोड ४५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा ५० करोड ६६ लाख रुपैयाँ थियो।

 प्रति सेयर आम्दानी (ईपीएस)
 ९.७४ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस ११.३० रुपैयाँ रहेको थियो।

पीई रेसियो
६१,१५ गुणा

प्रति सेयर नेटवर्थ
१४९,२२ रुपैयाँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको