Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बिक्री रकम समयमै भुक्तानी नभएको बारे ब्रोकर एसोसिएसनले दियो यस्तो स्पष्टीकरण

अर्थ संसार

शुक्रबार, १९ माघ २०८०, १९ : ३९ मा प्रकाशित

सेयर बिक्री रकम समयमै भुक्तानी नभएको बारे ब्रोकर एसोसिएसनले दियो यस्तो स्पष्टीकरण

सेयर बिक्री वापतको रकम सहज रुपमा विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रयत्न गर्दा समेत केहि रकमहरु समयमा नै भुक्तानी हुन नसकेको भन्दै ब्रोकर एसोसिएसनले स्पष्टीकरण पेश गरेको छ ।

एसोसिएसनले ७ बुँदामा समयमा नै भुक्तानी गर्न नसकेको कारण उल्लेख गरेको हो । एसोसिएसनका अनुसार माघ ३ र ४ गते ठुलो परिमाणमा तथा धेरै पटक शेयर कारोवार भएको थियो । यसैगरी माघ ३ गतेको नियमित राफसाफ माघ ५ गते भए तापनि माघ ४ गते बेलुकाबाट ट्रेड म्यानेजमेन्ट सिष्टम मर्मतको लागि बन्द भएका कारण टिएमएसमा माघ ७ गते मात्र बिल जेनेरेट भएको एसोसिएसनले जनाएको छ । यसले गर्दा माघ ४ र ५ गते राफसाफ भएका बिलहरुको भुक्तानी माघ ७ गतेदेखि मात्र भुक्तानी प्रोसेसिङ्ग गर्न सकिएको जनाइएको छ ।

यसैगरी माघ २, ३ र ४ गतेको कारोवारको भुक्तानीबाट माघ ७ गतेबाट मात्र भुक्तानी प्रक्रिया शुरु गर्न मिलेका कारण पेमेन्ट गेटवेमा अधिक चाप पर्न गएका कारण टिएमएस मर्मत भईसके पछि पनि सो प्रणाली मार्फत् विद्युतिय माध्यमवाट भुक्तानी प्रक्रिया गरिएका कतिपय कारोवारहरु केही दिनसम्म पनि प्रोसेसिङ्गमा नै रहेको र ग्राहकको खातामा पैसा जम्मा नभएको एसोसिएसनले जनाएको छ ।

साथै दैनिक रुपमा धेरै कारोवारहरु भुक्तानीको लागि प्रोसिसिङ्ग गर्दा अधिकांश रकमहरु भुक्तानी भए तापनि कतिपय भुक्तानीहरु बैंक विवरण ठिक हुँदाहुँदै पनि इन्भ्यालिड भई पुनः प्रोसेसिङ्ग गर्नु परेको एसोसिएसनको भनाई छ । अन्य पेमेन्ट गेटवे मार्फत् भुक्तानी गर्दा दैनिक सीमा लागु भएकाले सबै ग्राहकको भुक्तानी अन्य माध्यमवाट मात्र प्रोसेसिङ्ग गर्न सम्भव नरहेको पनि जनाइएको छ ।

बाध्यात्मक परिस्थितिहरुले गर्दा ब्रोकर कम्पनीहरुको भरपुर प्रयत्नका वावजुद पनि शेयर बिक्री वापतका केही रकमहरु विद्युतिय माध्यमवाट भुक्तानी गर्न विलम्ब हुन गएको उल्लेख गर्दै आगामी दिनहरुमा सरोकारवाला पक्षहरुसँग छलफल गरि भुक्तानी प्रणालीलाई चुस्त दुरुस्त बनाउने पनि एसोसिएसनले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको