Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल नेपाल लाइफको म्युचुअल फन्डले होल्ड गरेको सेयरको लक इन पिरियड केहि दिनमा समाप्त हुँदै, अरु कम्पनीको कहिले ?

अर्थ संसार

आइतबार, २१ माघ २०८०, ०९ : ०० मा प्रकाशित

रिलायबल नेपाल लाइफको म्युचुअल फन्डले होल्ड गरेको सेयरको लक इन पिरियड केहि दिनमा समाप्त हुँदै, अरु कम्पनीको कहिले  ?

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कार्तिक २१ गतेदेखि लागू हुनेगरी म्युचुअल फन्डलाई छुट्टाइएको आइपिओमा ६ महिने लक इन पिरियड कायम गरेको थियो ।

बोर्डले धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ८७ बमोजिम यस अघि निष्कासन भई ६ महिना नपुगेका आइपिओको सेयर पनि म्युचुअल फन्डले बिक्री गर्न नपाउने नियम ल्याएको थियो। 

बोर्डको निर्णयानुसार सेयर बाँडफाँड भएको मितिले छ महिना पुरा नभएसम्म कोटाका बिक्री गर्न नपाउने व्यवस्था लागु गरिएको हो ।

कुन कम्पनीको निकट भविष्यमा लकइन खुल्दै छ ?

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको म्युचुअल फन्डहरुको कोटाका सेयरको लकइन पिरियड फेब्रुअरी १२ २०२४ मा समाप्त हुदैँछ । म्युचुअल फन्डहरुको ३ लाख ११ हजार १४१ कित्ता सेयरको लकइन खुल्नेछ। आजको मितिले फन्डहरुको लकइन खुल्न केबल ८ दिन बाँकी रहेको छ। 

भिजन लुम्बिनी उर्जा कम्पनी

भिजन लुम्बिनी उर्जा कम्पनीको म्युचुअल फन्डहरुको कोटाका सेयरको लकइन पिरियड मे १९ २०२४ मा समाप्त हुदैँछ । म्युचुअल फन्डहरुको ९५ हजार ६२५ कित्ता सेयरको लकइन खुल्नेछ। आजको मितिले फन्डहरुको लकइन खुल्न १०५ दिन बाँकी रहेको छ। 

मुक्तिनाथ कृषि कम्पनी

भिजन लुम्बिनी उर्जा कम्पनीको म्युचुअल फन्डहरुको कोटाका सेयरको लकइन पिरियड जुन २ २०२४ मा समाप्त हुदैँछ । म्युचुअल फन्डहरुको ७०  हजार  सेयरको लकइन खुल्नेछ। आजको मितिले फन्डहरुको लकइन खुल्न ११९ दिन बाँकी रहेको छ। 

नेपाल वेयरहाउजिङ्ग कम्पनी

नेपाल वेयरहाउजिङ्ग कम्पनीको म्युचुअल फन्डहरुको कोटाका सेयरको लकइन पिरियड जुन ३ २०२४ मा समाप्त हुदैँछ । म्युचुअल फन्डहरुको ६८  हजार ७५० कित्ता  सेयरको लकइन खुल्नेछ। आजको मितिले फन्डहरुको लकइन खुल्न १२० दिन बाँकी रहेको छ। 

हिमालयन रिइन्सुरेन्स

हिमालयन रिइन्सुरेन्सको म्युचुअल फन्डहरुको कोटाका सेयरको लकइन पिरियड जुन २४ २०२४ मा समाप्त हुदैँछ । म्युचुअल फन्डहरुको १५ लाख कित्ता  सेयरको लकइन खुल्नेछ। आजको मितिले फन्डहरुको लकइन खुल्न १४१ दिन बाँकी रहेको छ। 

 

65be6785e213f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको