Like us!
Follow us!
Connect us!
Watch us!

दोर्दी खोला हाइड्रोको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

अर्थ संसार

आइतबार, २१ माघ २०८०, १० : १९ मा प्रकाशित

दोर्दी खोला हाइड्रोको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जारी गर्न लागेको शतप्रतिशत हकप्रद सेयरको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

कम्पनीले आफ्नो हालको चुक्ता पुँजी एक अर्ब ५ करोड ४२ लाख ६० हजार चार सय रुपैयाँको शतप्रतिशतले हुन आउने एक सय रुपैयाँ अङ्कित १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद निष्कासन पछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब १० करोड ८५ लाख २० हजार ८ सय रुपैयाँ पुग्नेछ ।

कम्पनीले लमजुङ जिल्लामा १२ मेगावाटको दोर्दी-१ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको