Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य समायोजन, भोलि कतिमा खुल्छ कारोबार

अर्थ संसार

आइतबार, २१ माघ २०८०, १६ : ०२ मा प्रकाशित

युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य समायोजन, भोलि कतिमा खुल्छ कारोबार

युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीले घोषणा गरेको १०.८०१३ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार सोमबार युनाइटेड अजोड इन्स्योरेन्सको कारोबार ५६१.३० रुपैयाँमा खुल्नेछ । आज कम्पनीको अन्तिम कारोबर ६१८.९० रुपैयाँमा भएको थियो ।

बोनस र साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ २२ गते बुकक्लोज तोकेको छ ।  यसर्थ आज माघ २१ गतेसम्म कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र कम्पनीले घोषणा गरेको बोनस सेयर प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको