Like us!
Follow us!
Connect us!
Watch us!

चार कम्पनीको बुल क्लोज बुधबार, १४% सम्म लाभांश सुरक्षित गर्न आज सम्म सेयर किन्नै पर्ने

अर्थ संसार

मंगलबार, १७ पुस २०८०, ०८ : ३२ मा प्रकाशित

चार कम्पनीको बुल क्लोज बुधबार, १४% सम्म लाभांश सुरक्षित गर्न आज सम्म सेयर किन्नै पर्ने

आज पुस १७  गते नेप्सेमा कारोबार हुने ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीको भोलि अर्थात पुस १८ गते बुकक्लोज तय गरिएको छ ।

जीवन विकास लघुवित्त

जीवन विकास लघुवित्तले पुस  २९ गते, आइतबार, आफ्नो केन्द्रिय कार्यालय, कटहरी, मोरङ्गमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ। लघुवित्तले १४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न गर्नेछ। 

कालिका पावर

कालिका पावरले पुस २८, शनिबार, दियालो फुडल्याण्ड चितवन भरतपुरमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यूनिभर्सल पावर 

यूनिभर्सल पावरले पुस २९, आइतबार, आफ्नो कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा दिउँसो १२ः१५ बजे वेबिनार मार्फत साधारण सभा बोलाएको छ।  सभाले हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

एचआईडिसिएल 

एचआईडिसिएलले पुस २९ गते, आइतबार १२ औँ वार्षिक साधारण सभा बोलाएको छ। यस कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको