Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन, भोलि कतिमा खुल्छ कारोबार

अर्थ संसार

बुधबार, २४ माघ २०८०, १५ : २४ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन, भोलि कतिमा खुल्छ कारोबार

एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीले घोषणा गरेको ५.५० प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार सोमबार एनएलजी इन्स्योरेन्सको कारोबार ७८१.९९ रुपैयाँमा खुल्नेछ । आज कम्पनीको अन्तिम कारोबर ८२५ रुपैयाँमा भएको थियो ।

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ माघ २५ गते बुकक्लोज गर्दैछ । अर्थात आज माघ २४ गतेसम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता हुन पाउनेछन् ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ५.५० प्रतिशत बराबर बोनस शेयर र कर प्रयोजनका लागि ०.२८९५ प्रतिशत नगद लाभांश गरि कुल ५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसैगरी फागुन ३ गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको