Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको समिक्षा : विदेशी विनिमय सञ्चिति बढ्यो

अर्थ संसार

सोमबार, २९ माघ २०८०, २० : १५ मा प्रकाशित

मौद्रिक नीतिको समिक्षा : विदेशी विनिमय सञ्चिति बढ्यो

नेपाल राष्ट्र बैंकले अहिले नेपालको विदेशी विनिमय सञ्चिति बढेको बताएको छ ।

राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गर्दै हाल शोधनान्तर स्थितिमा आएको सुधारका कारण विदेशी विनिमय सञ्चिति बढ्न गई २०८० पुस मसान्तमा रु.१८१६ अर्ब ५७ करोड (अमेरिकी डलर १३ अर्ब ६९ करोड बराबर) पुगेको भनेको छ। 

चालु आर्थिक वर्षमा विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धि र आयातमा आएको संकुचनका कारण शोधनान्तर बचत बढ्न गई बाह्य क्षेत्र व्यवस्थापन सहज भएको राष्ट्र बैंक बुझाई छ  ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चालु खाता रु. १६१ अर्ब ६२ करोड र शोधनान्तर स्थिति रु. २७३ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु.३५ अर्ब ५७ करोडले घाटामा र शोधनान्तर स्थिति रु. ९२ अर्ब १५ करोडले बचतमा रहेको थियो ।

आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार २१.९ प्रतिशतले घटेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा वस्तु निर्यात ७२ प्रतिशतले घटेको छ भने वस्तु आयात ३.१ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले घटेको छ । यस अवधिमा मासिक औसत आयात रु.१२८ अर्ब ३ करोड रहन गएको छ ।

समीक्षा अवधिमा सेवा खाता घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.४ प्रतिशतले घट्न गई रु.३६ अर्ब ६ करोड कायम भएको छ । समीक्षा अवधिमा सेवा निर्यात रु. ११४ अर्ब ८२ करोड र सेवा आयात रु.१५० अर्ब ८७ करोड रहेको छ । सेवा आयात अन्तर्गत शिक्षातर्फको खर्च ६६.७ प्रतिशतले वृद्धि भई रु.५८ अर्ब ९५ करोड पुगेको छ । समीक्षा अवधिमा नेपाल आउने बाह्य पर्यटकको संख्यामा वृद्धि भई भ्रमण आय ४४.४ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा यस्तो आपवाह २४३ प्रतिशतले बढेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको