Like us!
Follow us!
Connect us!
Watch us!

वर्ल्ड गभर्मेन्टस् समिटमा महासंघका अध्यक्ष ढकाल सहभागी

अर्थ संसार

बुधबार, ०२ फागुन २०८०, १५ : २४ मा प्रकाशित

वर्ल्ड गभर्मेन्टस् समिटमा महासंघका अध्यक्ष ढकाल सहभागी

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुबईमा आयोजित वर्ल्ड गभर्मेन्टस् समिटलाई सम्बोधन गर्दै नेपालले आगामी वर्ष वैशाख १६ र १७ मा आयोजना गर्न लागेको लगानी सम्मेलन बारे सहभागीहरुलाई जानकारी गराएका छन्। 

सरकारले निजी क्षेत्रको सहभागितामा नेपालमा लगानीको अनुकूल वातावरण बनाउन केही ऐन तथा नियमावलीमा संशोधनको प्रस्ताव गरेको उनले बताए । ढकालले सरकारले द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई अन्तिम रूप दिएको र सम्भावित साझेदार मुलुकसँग छिट्टै सम्झौता गर्ने जानकारी पनि ढकालले दिए ।

ढकालले नेपालको अर्थतन्त्र विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा पनि धारणा राखेका थिए । उनले नेपालको आर्थिक वृद्धि र विकासको सम्भावनाबारे भेलालाई जानकारी गराए। ढकालले नेपाल सरकारले व्यवसायिक प्रक्रियालाई सरल बनाउन, नियामकको बोझ घटाउन र पारदर्शिता अभिवृद्धि गर्नका लागि सुधार कार्यान्वयन गरी व्यवसायिक वातावरण सुधार गर्न पहल गरिरहेको बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको