Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार लघुवित्तको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

विहीबार, १० फागुन २०८०, १५ : ५३ मा प्रकाशित

स्वरोजगार लघुवित्तको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

स्वरोजगार लघुवित्तको सेयरमूल्य समायोजन भएको छ ।

लघुवित्तले घोषणा गरेको ७ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार अब आइतबार स्वरोजगार लघुवित्तको कारोबार ५९१.६८ रुपैयाँमा खुल्नेछ । आज कम्पनीको अन्तिम कारोबर ६३३.१० रुपैयाँमा भएको थियो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १३ गते बुकक्लोज तय गरेको छ । भोलि र पर्सि सेयर कारोबार नहुने हुँदा आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका यस कम्पनीका सेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको