Like us!
Follow us!
Connect us!
Watch us!

रोहन कार्कीको विचार: वित्तीय अराजकताको मुख्य नाइके प्रम र उनको दल भन्नेमा अझै शंका छ र?

रोहन कार्की

अर्थ संसार

आइतबार, १३ फागुन २०८०, ०९ : ०१ मा प्रकाशित

रोहन कार्कीको विचार: वित्तीय अराजकताको मुख्य नाइके प्रम र उनको दल भन्नेमा अझै शंका छ र?

अहिले मच्चिएरहेको वित्तीय अराजकताको मुल जड मुख्यत माओवादी र उसको नेतृत्वको सरकारको दोहोरो चरित्रको कारण हो भन्ने प्रष्ट देखिन्छ ।

केही कारणहरु वुदागत रुपमा राखेको छु ।

१. माओवादी अहिले प्रधानमन्त्री र गृहमन्त्री सहित आफू सरकारमा छ अनि बैंक तथा बित्तिय संस्था धराप बनाउन र अराजकता मच्चाउन मनिराम ग्यावलि लगाएतका आफ्ना कार्यकर्तालाई फिल्डमा नक्कली आन्दोलनकारीको रुपमा खटाएको छ । 

२. क बर्गका बैंक सँग १४% भन्दा बढिमा सापटी लिएर १७% को बेस रेट भएको माइक्रोले २% घाटामा १५% ब्याजमा गाउँ गाउँ गएर बिना धितो साना व्यवसायीलाई ऋण दिएर कसरी मिटरब्याजी भयो?

३.आफै धामी आफै बोक्सी हुन मिल्छ प्रम ज्यु? कि तपाईं ले कुर्सी छोड्नुस कि मनिराम ग्यावलिलाई तत्काल कार्बाही गरेर माओवादी पार्टीबाट साधारण सदस्य समेत नरहने गरि कार्बाही गर्नुस कि त माओवादि कै राष्ट्रिय एजेण्डा बनाएर बैंक तथा बित्तिय संस्था बिरुद्द आन्दोलन घोषणा गरेर गभर्नर सँग पाउ पर्नुस । 

४.समस्याको समाधान नि नगर्ने अनि सरकारको नेतृत्व गरेर पिडक पनि आफै हुने अनि पिडितको तर्फ बाट भन्दै आन्दोलनको नौटन्की गर्दै सबै तिर ठिक्क पारेर घिनलाग्दो भोटको राजनिती नगर्नुस । 

५. माओवादीले अहिले आन्दोलन गरेर माग चै को संग राख्ने हो प्रम ज्यु? कि तपाईं ले माओवादी छोडेर कङ्ग्रेस प्रवेस गरिसक्नु भो? 

६. वित्तीय क्षेत्र अत्यन्तै संवेदनशील  हुन्छ कृपया यसमा राजनिती गर्ने प्रयास नगर्नुस नत्र तपाईं अनि तपाइको पार्टि पनि यहि चक्करमा घुन पिसिएझै पिसिन सक्छ ।

७. १५% भन्दा बढी कुनै लघुबित्तले ब्याज लिएको भए नेपाल राष्ट्र बैंकले प्रष्ट करोबाही गर्छ उजुरी हाल्नुस कारबाही गर्ने निर्देशन दिने माओवादी कै सरकार छ अनि नाटक र हल्ला चै के को हो? 

 १५% ब्याजमा ऋण दिने माइक्रो धपाएर गाउँ का साहु माहाजनको वार्षिक १००% भन्दा बढिको मिटर ब्याजलाई प्रशय दिन खोज्या हो र माओवादीले ?

जहिले अराजकता, अशान्ति र अन्यौलतामै राजनितिक भविस्य देख्ने प्रचण्ड नेतृत्वको माओबादी अब सिद्दिने कि सच्चिने हो बेलैमा सोचोस ।

कार्की युवा लगानीकर्ता तथा हाम्रो नेपाली पार्टीका प्रवक्ता हुन् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको