Like us!
Follow us!
Connect us!
Watch us!

एओएनलाई पुरै हटाउनु ब्रोकरलाई फाइदा पुर्याउनु मात्र हो : युवा लगानीकर्ता, कार्की

अर्थ संसार

शनिबार, २९ जेठ २०७८, ०८ : ४७ मा प्रकाशित

एओएनलाई पुरै हटाउनु ब्रोकरलाई फाइदा पुर्याउनु मात्र हो : युवा लगानीकर्ता, कार्की

रोहन कार्की युवा अवस्थामै सेयर बजारमा प्रवेश गरेका एक युवा लगानीकर्ता हुन् । उनकाे पेशा भने इन्जिनीयर हाे । उनले मोरङमा बसेर ७ वर्षदेखि निरन्तर सेयर बजारमा लगानी गर्दै आइरहेका छन् ।

उनै कार्कीले AON काे बारेमा आफ्ना धारणा व्यक्त गरेका छन् । उनी भन्छन्, "AON लाई पुरै हटाउनु ब्रोकरलाई मात्र फाइदा पुर्याउनु हो अलिकती अध्ययन गरेर कति कसरी गर्दा उपयुक्त हुन्छ त्यही अनुसार यसकाे लिमिट घटाउन लागाैँ, हो बरु यसकाे लिमिट ५००, १००० वा १०००० कित्ता वा कुनै Fixed Amount सम्म तोकिदिए उपयुक्त होला कि । AON नहुँदा साना लगानीकर्ताको समेत अब ५-७ कित्ता खातामा अड्किने धेरै हुन सक्छ । टुकृएर साना कित्तामा कारोबार हुने हुँदा अहिलेको Maximum Commission मात्र लागू हुने सम्भावना धेरै हुन्छ ।  यसलाई हटाउने हैन कि यसकाे लिमिट घटाउनु उपयुक्त देख्छु म चाँई। लगानीकर्तालाई फाइदा हुने कुरा बर्षाैँसम्म सिन्को नभाच्ने सेबोन ब्रोकरलाई फाइदा हुने कुरामा रातारात पत्रचार गरेको देख्दा अचम्मित छु।"

याे पनि हेर्नुहाेस् :

अब नेपालको पुँजीबजार पहिलेको जस्तो बियरिस ट्रेन्डमा जाँदैन

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको