Like us!
Follow us!
Connect us!
Watch us!

समयमै राफसाफ नगर्दा ब्रोकर नम्बर २० सिप्ला सेक्युरिटिज तीन दिनका लागि निलम्बित

अर्थ संसार

सोमबार, १४ फागुन २०८०, १८ : २९ मा प्रकाशित

समयमै राफसाफ नगर्दा ब्रोकर नम्बर २० सिप्ला सेक्युरिटिज तीन दिनका लागि निलम्बित

तोकिएको समयावधि भित्र राफसाफ तथा फछ्यौट् कार्य नगरेपछि ब्रोकर नम्बर २० सिप्ला सेक्युरिटिज निलम्बनमा परेको छ ।

सोमबार सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले पत्र मार्फत तोकिएको समयावधि भित्र राफसाफ तथा फछ्यौट् कार्य नगरेको भनी निलम्बनका लागि सिफारिश गरेपछि नेप्सेले उक्त ब्रोकरलाई तीन कार्य दिनका लागि निलम्बन गरेको जनाएको छ ।

सेयर कारोबार भएको ३ दिनभित्र खरिद गर्नेले सेयर पाउने र बिक्री गर्नेले रकम पाउनुपर्ने व्यवस्था रहेको छ । त्यस अनुरुप नगरेपछि ब्रोकर कारवाहीमा परेको हो । सेयर बेचेको पैसा समयमै खातामा नआएको भन्दै पछिल्लो समय सिडिएसीमा थुप्रै उजुरी पर्न थालेका छन् ।

नेप्सेले ब्रोकरलाई तीन दिनसम्मै निलम्बन हुनेगरी कारवाही गरेको भने यो नै पहिलोपटक हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको