Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको तीन अर्ब बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत

अर्थ संसार

बुधबार, १६ फागुन २०८०, १२ : ४७ मा प्रकाशित

नबिल बैंकको तीन अर्ब बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ ।

बैंकले ७ वर्ष अवधिको ‘९ प्रतिशत नबिल बैंक डिबेन्चर २०८७’  निष्काशन गरेको थियो । वार्षिक ९ प्रतिशत ब्याजदर दिने उक्त ऋणपत्रमा मङ्सिर २९ गते देखि पुस १३ गते सम्म आवेदन खुला गरिएको थियो । ऋणपत्रको  निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । यसमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको थियो ।  सर्वसाधारण मध्येको ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

नेप्सेमा सूचीकृत भएसँगै अब भोलिबाट उक्त ऋणपत्रको दोस्रो बजारमा कारोबार खुल्नेछ । ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी हुनेछ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको