Like us!
Follow us!
Connect us!
Watch us!

हालको सत्ता गठबन्धन भत्किनुको 'फ्याक्टर' बने अर्थमन्त्री प्रकाश शरण

अर्थ संसार

सोमबार, २१ फागुन २०८०, १० : ३० मा प्रकाशित

हालको सत्ता गठबन्धन भत्किनुको 'फ्याक्टर' बने अर्थमन्त्री प्रकाश शरण

हालको सत्ता गठबन्धन भत्किएको छ । आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुँदैछ ।

आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् । 

एक दिन अगाडी सम्म ५ वर्ष सम्म यहि गठबन्धन चल्ने भनेर भाषण गरेका नेताहरुको दौडधुप बालकोट, बालुवाटार र बुढालिनकण्ठ पुगेका  छन । 

तर हालको सत्ता गठबन्धनमा खटपट देखिनुको फ्याक्टर भने हालका अर्थमन्त्री प्रकाश शरण महत देखिएका छन्। 

प्रचण्ड पछिल्लो समय देशको अर्थतन्त्रमा आएको समस्या र हालका अर्थमन्त्री प्रकाशशरण महतको काम कारबाही देखि आजित रहेको बुझिएको छ। 

केहि दिन अगाडी सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै  मनोगत ढंगले लक्ष्य निर्धारण गर्दा परिणाम देखिएन भन्दै अर्थमन्त्री महत माथि प्रधानमन्त्रीको गम्भिर आरोप लगाएका थिए। 

प्रधानमन्त्री दाहालले माघसम्म कुल राजस्व संकलन वार्षिक लक्ष्यको तुलनामा ३९.९ झन्डै ४० प्रतिशत र माघसम्मको लक्ष्यको तुलनामा ७४ प्रतिशत मात्र संकलन भएको बताए। उनले पुँजीगत खर्च त २४ प्रतिशतभन्दा कम भएको भएको भन्दै पुँजी निर्माण नभई विकासले गति नलिने भन्दै असन्तुष्टी पोखे। 

आफैंले किटान गरेको लक्ष्यअनुसार उपलब्धि हासिल गर्न नसक्ने अर्थमन्त्रीलाई उनले परिवर्तन गर्ने मनस्थितिमा पुगेर उनी देउवासंग यी प्रस्ताव बोकेर पुगेका थिए। 

तर नेपाली कांग्रेस सभापति देउवा भने डा. महतलाई परिवर्तन गर्ने पक्षमा थिएनन् । जसका कारण अहिले प्रचण्ड गठबन्धन कै कारण आफुलाई असफल हुने नियतमा रहेको भन्ने निस्कर्षमा पुगेको बुझिएको छ। 

गठबन्धन फुट्ने र अर्थमन्त्री हट्न सक्ने इसारा हिजै आइतबार एमाले अध्यक्षले अभिव्यक्ति दिएका थिए । उनले अर्थमन्त्रीले देशको अर्थतन्त्र ओरालो लगाएको अरोप लगाउँदै उनले ०४८ सालमै असफल भइसकेका सिद्धान्त दोहोर्‍याउन खोजेको आरोप लगाए। 

उनले भने, ‘यस्तो बेहालको अलोकतान्त्रिक र शक्ति पृथकीकरणको वास्तवमा सिद्धान्तै नबुझेको। यस स्तरको सरकार, यस स्तरको अर्थमन्त्री र अर्थमन्त्रीलाई के लागेको छ भने अर्थमन्त्री यस्तो डिक्टेटर हो, जसले नियम कानुन, मर्यादा, प्रचलन आदि केही हेर्नुपर्दैन भन्ने लागेको छ। त्यो देखिन्छ। न अर्थमन्त्री कसैसँग परामर्श गर्नुहुन्छ, न केही गर्नुहुन्छ। सुनेको, अर्थशास्त्रमा पिएचडी गर्नुभएको भन्ने, कुन अर्थशास्त्रमा कहाँबाट पिएचडी गर्नुभएछ? अचम्म लाग्छ। देश ओरालो लगाउने, असफल भएका थोत्रा सिद्धान्त बोकेर, ०४८, ०५० सालमै असफल भइसकेको सिद्धान्तहरु फेरि दोहोर्‍याउन खोजिएको छ। यो सरकार बन्नु नै नहुने सरकार थियो।’

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको