माउन्टेन इनर्जी नेपाल लिमिटेडले कम्पनीको १० औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले लगानीकर्तालाई १५.७८९५ प्रतिशत लाभांशको व्यवस्था गरेको छ ।
फागुन २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले चैत १३ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।
यसैगरी साधारणसभाबाट पारित गरि कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने २९ करोड ५२ लाख ५ हजार ५० रुपैयाँ बराबरको बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.७८९५ प्रतिशतले हुन आउने १ करोड ५५ लाख ३७ हजार ५७३ रुपैयाँ नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांशका रुपमा बाँड्न लागेको छ ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ फागुन ३० गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात फागुन २९ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस