Like us!
Follow us!
Connect us!
Watch us!

पूँजी बजार सुधार कार्ययोजना बनाउन तीन निकायमा दौडधुप

अर्थ संसार

बुधबार, ३० फागुन २०८०, ०७ : १० मा प्रकाशित

पूँजी बजार सुधार कार्ययोजना बनाउन तीन निकायमा दौडधुप

पूँजी बजार सुधारका लागि कार्ययोजना बनाउँन तीन सरकारी निकायमा दौैडधुप सुरु भएको छ । 

अर्थमन्त्री बर्षमान पुनले  सात दिनको समय दिएर पूँजी बजारमा तत्काल सुधारका लागि कार्ययोजना पेश गर्न  निर्देशन दिएपछि नेपाल धितोपत्र बोर्ढ, नेप्से र सीडीएससीलाई दबाब परेको हो । 

उनीहरुले सरोकारवालाहरुको राय संकलनको तयारी गरेका छन् । आज वा भोलिसम्ममा सरोकारवालाहरुको राय लिएर शुक्रबारसम्म कार्ययोजना लेखन सक्ने गरी काम भईरहेको बताईएको छ । 

अर्थ मन्त्रालयले फागुन २७ गते तीन वटै निकायहरुलाई पत्र पठाई पूँजी बजारमा सुधारका लागि तत्काल गर्नुपर्ने कामहरुसहितको कार्ययोजना सात दिन भित्र पेश गर्न निर्देशन दिएको थियो । मन्त्रालयले दिएको समय मध्ये तीन दिन बितिसकेकोले ढिलोमा आईतबारसम्म कार्ययोजना पेश गर्नुपर्ने दबाब उनीहरुलाई छ । 

यसैबीच आज तीन वटै निकायका अधिकारीहरुबीच छलफल हुने भएको छ । उनीहरुले संयुक्त रुपमा कार्ययोजना बझुाउन सक्ने संभावना छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको