नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
बिहीबार बिहान १ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोलको भाउ प्रतिलिटर चार रुपैयाँ, डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर दुई रुपैयाँ र ग्यास प्रतिसिलिन्डर १५ रुपैयाँले महङ्गिएको हो । भारतीय आयल कर्पोरेसनले बढेको मूल्यसूची पठाएपछि सोही अनुसार आयल निगमले पनि मूल्य समायोजन गरेको हो । आयल निगमले हरेक १५ दिनमा नयाँ मूल्यसूची प्राप्त गर्ने गर्दछ ।
निगमले मूल्य देशभरका विभिन्न ठाउँमा दूरी अनुसार फरक फरक मूल्य कायम गर्दै आएको छ । पहिलो वर्गअन्तर्गत झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पेट्रोल प्रतिलिटर १६७.५० रुपैयाँ र डिजेल तथा मट्टितेल १५५.५० रुपैयाँ कायम भएको छ । दोस्रो वर्ग सुर्खेत र दाङअन्तर्गतका क्षेत्रमा पेट्रोल १६९ रुपैयाँ र डिजेल १५७ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायल अन्तर्गतका क्षेत्रमा प्रतिलिटर पेट्रोल १७० रुपैयाँ र डिजेल १५८ रुपैयाँ कायम भएको छ ।
ग्यासको मूल्य अब देशभर प्रति सिलिन्डर १ हजार ९ सय १० रूपैयाँ पर्ने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस