Like us!
Follow us!
Connect us!
Watch us!

सभापोखरी हाइड्रोले डाक्यो साधारणसभा, आइपिओ जारी गर्ने

अर्थ संसार

आइतबार, ०४ चैत्र २०८०, १३ : ३९ मा प्रकाशित

सभापोखरी हाइड्रोले डाक्यो साधारणसभा, आइपिओ जारी गर्ने

सभापोखरी हाइड्रोपावर लिमिटेडले सार्वजनिक निष्कासनको एजेन्डासहित कम्पनीको वार्षिक साधारणसभा डाकेको छ ।

चैत २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चैत ७ गते काठमाडौंको महाराजगन्जस्थित अरिकल इभेन्टसमा बस्ने गरी साधारणसभा मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी कम्पनीले सार्वजनिक निष्कासनका लागि पुँजी संरचना परिवर्तन गरि आइपिओ जारी गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गरिने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको