Like us!
Follow us!
Connect us!
Watch us!

जनउत्थान लघुवित्तले डाक्यो साधारणसभा, कार्यक्षेत्र विस्तार गरि राष्ट्रिय स्तरमै स्तरोन्नति गर्ने विशेष प्रस्ताव

अर्थ संसार

सोमबार, ०५ चैत्र २०८०, ०९ : ३० मा प्रकाशित

जनउत्थान लघुवित्तले डाक्यो साधारणसभा, कार्यक्षेत्र विस्तार गरि राष्ट्रिय स्तरमै स्तरोन्नति गर्ने विशेष प्रस्ताव

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको १३ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले लगानीकर्तालाई कुनै लाभांशको व्यवस्था भने गरेको छैन ।

चैत्र ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चैत्र २० गते रुपन्देहीको बुटवलस्थित होटल न्यु ईरामा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी लघुवित्तले हाल कार्यक्षेत्र रहेको १९ जिल्लाबाट विस्तार गरि राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश गर्ने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ चैत्र २२ एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात चैत्र २१ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको