Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्तले डाक्यो साधारणसभा, लाभांश प्रस्ताव पारित हुने

अर्थ संसार

बुधबार, ०७ चैत्र २०८०, १३ : ०५ मा प्रकाशित

समता घरेलु लघुवित्तले डाक्यो साधारणसभा, लाभांश प्रस्ताव पारित हुने

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको १० औं वार्षिक साधारणसभा मिति तय गरेको छ । कम्पनीले लगानीकर्तालाई ५.७०७६ प्रतिशत नगद लाभांशको व्यवस्था गरेको छ ।

चैत ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चैत्र २९ गते काभ्रेपलान्चोकको बनेपास्थित नमोबुद्ध बैङ्क्वेट एण्ड इभेन्टमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी साधारणसभाबाट पारित गरि कम्पनीले हाल कायम चुक्ता पुँजीको ५.४२२२ प्रतिशतले हुन आउने २ करोड १३ लाख ७२ हजार ७१ रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.२८५४ प्रतिशत नगद लाभांश बाँड्न लागेको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ चैत्र १९ एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात चैत्र १८ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको