Like us!
Follow us!
Connect us!
Watch us!

अभिनेत्री कङ्गना रनावत लोकसभा चुनाव लड्दै

अर्थ संसार

सोमबार, १२ चैत्र २०८०, १३ : १५ मा प्रकाशित

अभिनेत्री कङ्गना रनावत लोकसभा चुनाव लड्दै

अभिनेत्री कङ्गना रनावत आगामी लोकसभा चुनावमा भारतीय जनता पार्टीको उम्मेदवार हुने भएकी छन् ।

आइतबार भाजपाले जारी गरेको सूचीमा रनावत आफ्नो गृहराज्य हिमाचलको मण्डी क्षेत्रको उम्मेदवार हुने भएकी हुन् । राजनीतिक टिप्पणी दिएर विवादमा आउँदै गरेकी अभिनेत्री रनावत औपचारिक रुपमै अब राजनीति प्रवेश गर्न लागेकी हुन् । उनले टिकट पाएसँगै उनले केही समय अघि हिमाचलबाट चुनाव नलड्ने भनेर गरेको घोषणा भाइरल भएको छ ।

यस सँगै उनी आउँदो लोकसभा चुनावमा भाग लिन लागेका कलाकारको बढ्दो सूचीमा पनि सामेल भएकी छन् । उनीबाहेक मनोज तिवारी, रविकिशन, शत्रुघन सिन्हा जस्ता कला क्षेत्रका नामहरु चुनाव लड्ने पक्का भइसकेका छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको