Like us!
Follow us!
Connect us!
Watch us!

एचआइडीसीएलको संस्थापक सेयर फेरि आयो सर्वसाधारणलाई बिक्रीमा

अर्थ संसार

आइतबार, १८ चैत्र २०८०, ०८ : ४८ मा प्रकाशित

एचआइडीसीएलको संस्थापक सेयर फेरि आयो सर्वसाधारणलाई बिक्रीमा

हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) को संस्थापक सेयर कम्पनीले फेरि बिक्रीमा ल्याएको छ। कम्पनी पौने २ करोड बढि कित्ता संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने ल्याएको हो। 

कम्पनीले संस्थापक सेयरधनी समूह क उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री नभएको १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।

कम्पनीले जारी गरेको सूचना अनुसार कम्पनीले आगामी चैत्र २५ गते देखि लिलामी खुलाउने जनाएको छ ।

यस लिलाममा जो सुकै व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बालकबोल पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय र ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरू नयाँ बानेश्वर, विर्तामोड, विराटनगर,जनकपुर, वीरगञ्ज, हेटौडा, चितवन, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महनेन्द्रनगर शाखा कार्यालयहरूमा बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।

बोलपत्र आवेदन पेस गर्ने अन्तिम मिति आगामी वैशाख ९ गते तय गरिएको छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको