Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधि सभाको बैठक बस्दै, बैंक तथा वित्तीय संस्था सम्बन्धी संशोधन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री

अर्थ संसार

आइतबार, १८ चैत्र २०८०, ०९ : १७ मा प्रकाशित

प्रतिनिधि सभाको बैठक बस्दै, बैंक तथा वित्तीय संस्था सम्बन्धी संशोधन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री

संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ । बैठक आज बिहान ११ बजे सुरु हुनेछ ।

आज अर्थमन्त्री वर्षमान पुनले “बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव  प्रस्तुत गर्ने, बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्ने, भन्सार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तय गरिएको छ। 

त्यो भन्दा अगाडी सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ ।

तेस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको