Like us!
Follow us!
Connect us!
Watch us!

को बन्ला समस्याग्रत नेपाल शेयर मार्केट्स एन्ड फाइनान्सको संकटमोचक ? संयोजकमा पाँच उम्मेदवारको दर्खास्त स्वीकृत

अर्थ संसार

आइतबार, १८ चैत्र २०८०, १२ : २८ मा प्रकाशित

को बन्ला समस्याग्रत नेपाल शेयर मार्केट्स एन्ड फाइनान्सको संकटमोचक ? संयोजकमा पाँच उम्मेदवारको दर्खास्त स्वीकृत

समस्याग्रत नेपाल शेयर मार्केट्स एन्ड फाइनान्सको संयोजक बन्न आवेदन दिएका पाँच उम्मेदवारको दर्खास्त स्वीकृत भएको छ ।

कम्पनीको व्यवस्थापन समूहको संयोजक पद पदपूर्ति गर्न नेपाल राष्ट्र बैंकले दरखास्त माग गरेको थियो । सोही बमोजिम दरखास्त दिएका मध्येका पाँच जनालाई व्यवसायिक कार्ययोजना पेश गर्न राष्ट्रबैंकले समय तालिका सार्वजनिक गरिदिएको हो । कार्ययोजना प्रस्तुतीकरणका लागि छनोट भएका नाममा प्रकाश घिमिरे, तारानाथ पाण्डे, पिताम्बर सापकोटा, रोशन कुमार अधिकारी र गोविन्द प्रसाद शर्मा रहेका छन् ।

आगामी चैत २१,२२ र २३ गते तीन दिन गरि उम्मेदवारले कार्ययोजना प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको