Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यले फेरी बनायो नयाँ रेकर्ड, प्रतीतोला १ लाख ३१ हजार ६००

अर्थ संसार

सोमबार, १९ चैत्र २०८०, १० : ४९ मा प्रकाशित

सुनको मूल्यले फेरी बनायो नयाँ रेकर्ड, प्रतीतोला १ लाख ३१ हजार ६००

नेपाली बजारमा आज सुनको मूल्यले पुन नयाँ रेकर्ड कायम गरेको छ ।

चैत १६ गते १ लाख ३० हजार पुगेर रेकर्ड कायम गरेको सुनको मूल्यले सोमबार फेरी नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य सोमबार प्रतितोला १ हजार ६०० रुपैयाँ बढेर १ लाख ३१ हजार ६०० रुपैयाँ तोकिएको छ  ।

आइतबार छापावाला सुन १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको