Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिहरुलाई वित्तीय साक्षरता प्रदान

अर्थ संसार

सोमबार, १९ चैत्र २०८०, १६ : २६ मा प्रकाशित

कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिहरुलाई वित्तीय साक्षरता प्रदान

कुमारी बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले ग्लोबल मनि विकको अवसर वित्तीय  साक्षरताको अभावमा अनौपचारिक वित्तीय संयन्त्र वा विसंगतीका शिकार हुनु पुगेका वा हुनसक्ने सम्पुर्ण समुदायहरुमा वित्तिय ज्ञानको सम्प्रेषण गर्ने उदेश्यले विभिन्न कार्यक्रम आयोजना गरेको हो ।  

बैंकले उक्र अवसरमा निम्न लिखित क्रियाकलापहरु सञ्चालनमा ल्याएको थियोः

  वित्तिय साक्षरता तथा आचरण प्रर्वद्धनका लागि कर्मचारीहरुको प्रतिवद्धता कार्यक्रम सञ्चालन

  देशै भरि वित्तिय साक्षरताका आधारस्तम्भहरुको प्रशिक्षण सञ्चालन ।

  वित्तिय साक्षरता तथा आचरण विकासका लागि सहभागिहरुलाई सपथ कार्यक्रम सञ्चालन ।

  बैंकको सामाजिक संजाल मार्फत वित्तिय साक्षरता सम्बन्धि क्विज तथा जनचेतना विकासका सामाग्री प्रसारण ।

  देशै भरि वर्षै भरी वित्तीय साक्षरता प्रर्वद्धनका लागि राष्ट्रिय स्तरमा स्थापित कलाकारहरुको अभिनय सहितको भिडीयो श्रृंखला तथा सामाजिक विषय बस्तुलाई झल्काउने प्रसंग समेटिएको पुस्तक सार्वजनिक । 

बैंकले ग्लोबल मनि विकको सप्ताहभरमा देशैभर रहेका आफ्ना शाखा कार्यलयहरुबाट १२३ वटा वित्तिय साक्षरता प्रवद्र्धनका लागि प्रशिक्षण कार्यक्रमहरु आयोजना गरेको थियो जसमा ५४ सय भन्दा बढि विद्यार्थी, विभिन्न संघ संस्था तथा समुदायमा आवद्ध सर्वसाधारणहरुले सहभागिता जनाएका थिए ।  

कुमारी बैंकले  आफ्ना देशभर रहेका ३०२ शाखासञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको