Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

अर्थ संसार

मंगलबार, २० चैत्र २०८०, १५ : ०७ मा प्रकाशित

सेयरबजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

यस साता लगातार तेस्रो दिन पनि सेयरबजारमा गिरावट आएको छ । आइतबार र सोमबार गरि २३.५६ अङ्कले घटेको बजार आज थप ओरालो लागेको हो ।

सोमबार ६.२६ अङ्कले घटेको सेयरबजार आज थप १.८५ अङ्कले घटेर २०१०.२१ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३ सय ५ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५ सय ८५ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा गुराँस लघुवित्त, गणपति लघुवित्त, उपकार लघुवित्त र विन नेपाल लघुवित्त कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ७ प्रतिशत कै हाराहारीमा वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा मनकामना इन्जिनियरिङ हाइड्रो, तारागाउँ रिजेन्सी, मायाखोला हाइड्रो र चिरख्वा हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो ।

आज लघुवित्त समूहको उपसूचक १.८९ प्रतिशतले बढ्दा ट्रेडिङ समूहको उपसूचक ०.३२ प्रतिशत बढ्यो । यसैगरी आज हाइड्रोपावर समूहको उपसूचक सर्वाधिक ०.७९ प्रतिशतले घट्दा अन्य समूहको उपसूचक ०.५७ प्रतिशतले घट्यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको