Like us!
Follow us!
Connect us!
Watch us!

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

अर्थ संसार

बुधबार, २१ चैत्र २०८०, १२ : ०६ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार राजीनामा दिएका छन् । 

नेपाली काङ्ग्रेसबाट मुख्यमन्त्री रहेका पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेसँगै पाण्डेको सरकार अल्पमतमा परेको थियो । भोलिसम्ममा विश्वासको मत लिइसक्नुपर्ने अवस्था रहेकोमा विश्वासको मत पाउने सम्भावना नरहेपछि पाण्डेले राजीनामा बुझाएका हुन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा पाण्डेलाई हाल काङ्ग्रेसका २७ र स्वतन्त्र हैसियतका सांसद दीपक मनाङेको समर्थन रहेको छ ।

यता एमालेको २२ र माओवादीको सभामुखसहित ८ सांसद रहेको प्रदेशसभामा केन्द्रको सत्ता गठबन्धनबाट सरकार गठन पनि असम्भव देखिएको छ । बाकिँ २ सांसद रहेको राप्रपाले भने सत्ताकेन्द्रित गतिविधिमा कुनै पनि दललाई साथ नदिने बताइसकेको छ । यसरी गण्डकी प्रदेशमा राप्रपा अनिर्णित बस्दा सबैभन्दा ठूलो दलको हैसियतले पाण्डे नै पुन: मुख्यमन्त्री बन्ने अवस्था रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको