Like us!
Follow us!
Connect us!
Watch us!

लगातार चौथो दिन घट्यो सेयरबजार, लगानीकर्ता अनिर्णित बस्दा बजार २००० को विन्दुमै अड्कियो

अर्थ संसार

बुधबार, २१ चैत्र २०८०, १५ : १२ मा प्रकाशित

लगातार चौथो दिन घट्यो सेयरबजार, लगानीकर्ता अनिर्णित बस्दा बजार २००० को विन्दुमै अड्कियो

यस साता लगातार चौथो दिन पनि सेयरबजारमा गिरावट आएको छ । आइतबार, सोमबार र मङ्गलबार गरि २५.४१ अङ्कले घटेको बजार आज थप ओरालो लागेको हो । हाल लगानीकर्ता अनिर्णित बसिदिँदा बजार झिनो अङ्कले घटबढ हुँदै बसेको छ ।

मङ्गलबार १.८५ अङ्कले घटेको सेयरबजार आज थप ३.४३ अङ्कले घटेर २००६.७८ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५ सय ८५ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९ सय ८६ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा भने वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा गुराँस लघुवित्त, मानुषी लघुवित्त, गणपति लघुवित्त र विन नेपाल लघुवित्त कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा रिभरफल्स हाइड्रो र मन्दाकिनी हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो ।

आज लघुवित्त समूहको उपसूचक १.६५ प्रतिशतले बढ्दा लाइफ इन्स्योरेन्स समूहको उपसूचक ०.५ प्रतिशत बढ्यो । यसैगरी आज उत्पादन तथा प्रसोधन समूहको उपसूचक सर्वाधिक १.७४ प्रतिशतले घट्दा ट्रेडिङ समूहको उपसूचक ०.७४ प्रतिशतले घट्यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको